रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीसँगै निजी विमान कम्पनीहरूले लुम्बिनी प्रदेशसँग अन्य प्रदेशका शहरहरू जोड्दै गएका छन् । वायुसेवा कम्पनीहरूले गौतमबुद्ध विमानस्थलबाट प्रदेशस्तरीय उडानलाई प्राथमिकता दिँदै उडान थालेका छन् ।
कम्पनीहरूले लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पोखरा, विराटनगर र भरतपुरको उडान विस्तार गर्दै गएका छन् । उनीहरू ‘डोमेस्टिक’ उडानलाई आक्रामक रूपमा विस्तार गर्न जुटेका छन् ।
विमान कम्पनीहरूले यस अगाडिसम्म काठमाडौंबाट भैरहवाको लागि मात्रै उडान गर्दै आएक...