ओखलढुंगा । बजार नपाएपछि ओखलढुंगामा अलैँची खेतीतर्फ नयाँ कृषक आकर्षित हुन सकेका छैनन् । ओखलढुंगामा केही वर्षयता करिब ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेपनि थप खेती बिस्तार हुन सकेको छैन । अलैँची थोरै मात्रामा उत्पादन हुँदा यहाँका कृषकलाई बजारको पहुँचमा पुग्न समस्या भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका कृषि अर्थविज्ञ गणेश अधिकारी खत्रीले बताउनुभयो । […]