अमेरिकी कर्मचारीलाई टिकटक नचलाउन सरकारको आदेश

अमेरिकी सरकारले एक महिनाभित्र सरकारी कर्मचारीहरूलाई आफ्नो फोनबाट टिकटक हटाउन आदेश दिएको छ।राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सबै सरकारी निकायहरूलाई कर्मचारीको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन आदेश दिएको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चिनियाँ कम्पनी बाइट डान्सको एप टिकटक हटाउन सरकारी कर्मचारीलाई अमेरिकी सरकारले आदेश दिएको हो। यसअघि युरोपियन युनियन र क्यानडामा त्यहाँका सरकारी कर्मचारीलाई दिइने फोनबाट टिकटक हटाउन आदेश दिइएको थियो।

सम्बन्धित सामग्री

धमाधम टिकटकमा बन्देज लगाउँदै ठूला देश, फान्स पनि थपियो

काठमाडौं । फ्रान्सले टिकटकको प्रयोगमा बन्देज लगाएको छ । अपर्याप्त डेटा सुरक्षासम्बन्धी चिन्ताका कारण सरकारी कर्मचारीहरूको फोनमा मनोरञ्जनात्मक प्रयोजनका लागि टिकटक मात्रै नभएर ट्विटर, इन्ष्टाग्रामलगायत अन्य एपहरूको प्रयोगमा समेत रोक लगाइएको छ । यो प्रतिबन्ध तत्कालैदेखि लागू हुने निजामती सेवा मन्त्रालयले शुक्रवार एउटा ट्विटमा भनेको छ । प्रशासन र निजामती कर्मचारीहरूको साइबर सुरक्षा सुनिश्चित गर्न सरकारले निजामती कर्मचारीको पेशागत फोनमा टिकटकजस्ता मनोरञ्जनात्मक एपमाथि बन्देज लगाउने निर्णय गरेको छ । विगत कयौं हप्तादेखि फ्रान्सको यूरोपेली र अन्तरराष्ट्रिय साझेदारहरूले समेत चिनियाँ एप डाउनलोड गर्न र इन्ष्टल गर्नमा प्रतिबन्ध वा बन्देज लगाउने उपायहरू अपनाएको छ । मनोरञ्जनमा प्रयोग हुने एपमा साइबर सुरक्षाका पर्याप्त तह नहुने अनि डेटा सुरक्षा पनि नहुने सार्वजनिक रूपान्तरण तथा सेवा मन्त्री स्टानिस्लास गुएरिनीले बताए । पेशागत कारणका लागि भने यी एपको प्रयोगलाई छूट दिन सकिने उनको भनाइ छ । हालैका हप्ताहरूमा एक पछि अर्को गर्दै अमेरिका, बेलायत, नेदरल्यान्ड, बेल्जियम, न्यूजिल्यान्ड, क्यानडा, भारत, पाकिस्तान, ताइवान र जोर्डनले टिकटकमाथि प्रतिबन्ध लगाएका थिए । टिकटकका कारण उत्पन्न सुरक्षा जोखिमसम्बन्धी चिन्ताहरू विशेषगरी अमेरिकी कानून निर्माता र राष्ट्रिय सुरक्षा अधिकारीहरूले उठाइरहेका छन् । एपले जम्मा गरेर राखेको प्रयोगकर्ता डेटामा चीन सरकारको पहुँच भएको दाबी अमेरिकी कानून निर्माता र राष्ट्रिय सुरक्षा अधिकारीहरूको छ । यो एपले राष्ट्रिय सुरक्षा धरापमा पारेको गएको नोभेम्बरमा एफबीआईको निर्देशक क्रिष्टोफर व्रवेले भनेपछि यसलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेका थिए । गएको महीना यूरोपेली संघ (ईयू)को नीति बनाउने सबैभन्दा ठूला दुई संस्थाले आफ्ना कर्मचारीलाई टिकटक चलाउन रोक लगाएको थियो । पछिल्लो समयमा विभिन्न देशहरूले आफ्नो सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने क्रम जारी छ । यही सूचीमा फ्रान्स पनि थपिएको छ । एजेन्सी

टिकटक प्रतिबन्धपछि अमेरिकामाथि चीनको कडा प्रहार

फोनबाट टिकटक हटाउन संघीय कर्मचारीलाई अमेरिकी सरकारले आदेश दिएपछि चीनले कडा प्रतिक्रिया दिएको छ।