सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली २, बझाङका १ जना रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टी भएको छ भने ७ सय ८२ मा पिसिआर परिक्षण गर्दा १ सय ८३ मा कोरोना पुष्टी भएको छ । एन्टिजेन परीक्षण गरिएको १ जनाको मृत्यु भएको छ