दशैँ सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भने त्यति बाक्लो चहलपहल देखिँदैन । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको हो । मन्त्रीहरु निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड कम छ । मंगलवार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । आइतवार कोजाग्रत पूर्णिमादेखि दशैँ औपचारिक रुपमा सकिएपनि सरकारी कामकाज