शितलहर चलेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सर्वसाधारणका लागि आगो ताप्न दाउरा वितरण गरेको छ । सदरमुकाम परासीको मुख्य बजार क्षेत्र र आवश्यकता अनुसार नगरका चोक र मानिसहरु जम्मा हुने स्थानमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले चिसो बढेको भन्दै आगो ताप्न दाउरा वितरण गरेको छ । केही दिनदेखि चिसो बढेपछि नगरपालिकाले सार्वजनिक स्थानमा आगो ताप्नका लागि निःशुल्करुपमा दाउरा बितरण गरेको हो ।