एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का भेट्रान गोलरक्षक केलर नाभासको भविष्य अन्यौलमा परेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले इटालीका जियानलुइजी डोनारुम्मालाई पहिलो रोजाइको गोलरक्षक बनाउने भएपछि नाभास अर्को सिजन टोलीमा रहने वा नरहने अस्पष्ट बनेको हो । गत सिजन एसी मिलानबाट फ्री ट्रान्सफरमा पिएसजी आएका डोनारुम्मा र नाभासले पालैपालो खेलेका थिए […]