पुराना पात झरेर नयाँ पालुवा पलाएका छन् । रंगीबिरंगी फूलपातले प्रकृति सिँगारिएको छ । चराचुरुंगीले नयाँ गुँड बनाएका छन् । कोइलीको कुहुकुहुले रनवन ढाकेको छ । भ्रमरको भुनभुनले अनौठो संगीत गुन्जायमान छ । यही मनमोहक वसन्त ऋतुको आनन्द, उल्लास र उमंगसँगै हामी नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौं ।