नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताएका हुन् । शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको सङ्कल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजा