बाँके : जिल्ला प्रशासन कार्यालय, बाँकेले एक आर्थिक वर्षमा दुई करोड ३२ लाख ३८ हजार ४४३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रशासनले सबैभन्दा धेरै राजस्व राहदानी शुल्कबाट संकलन गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा राहदानीबाट दुई करोड १७ लाख २५ हजार रुपैयाँ सकंलन भएको छ...