विनाश पथमा दलहरू

स्थानीय तह निर्वाचन पूर्वसम्म निश्चिन्त जस्ता देखिएका ठूला दललाई स्वतन्त्र उम्मेदवार बालेन शाह, हर्क साम्पाङ राई र गोपाल हमालहरूको विजयले होस उडाइदियो । काठमाडौं लगायत मुलुकका एक दर्जनभन्दा ज्यादा नगर, महानगरमा भएको स्वतन्त्रको विजयको घटनाले ‘विचार र उमेर’ ले नेटो काटेका नेताहरू राजनीतिबाट ‘साइड’ लाग्नैपर्ने दबाबसमेत थपिदिएको छ ।

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: संघीयताले कर्णालीको विनाश नगरोस्

नेपालको उत्तर–दक्षिण जोड्नका लागि निर्माण गर्ने भनिएकोमध्ये एउटा प्रमुख राजमार्ग कर्णाली करिडोरको ट्र्याक खोल्न बीसौं वर्ष लाग्ने भौतिक योजना मन्त्रालयका सचिवले बताएका छन् । यसले नेपालको पूर्वाधार निर्माणको गति कति सुस्त छ भन्ने कुरा त देखाउँछ नै, विदेशी सहयोगविना नेपालमा पूर्वाधार निर्माण हुनै पो नसक्ने हो कि भन्ने पनि महसुस गराएको छ ।  अर्कातिर, देश संघीयतामा जाने पक्कापक्की भएका बेला एउटा सडकको ट्र्याक खोल्नका लागि बीसौं वर्ष लाग्ने, आफ्नो स्रोत परिचालन गर्न नसक्ने र सधैं केन्द्र वा दाताको मुख ताकिरहनुपर्ने कर्णालीलगायतका क्षेत्रमा बन्ने राज्य भोलि कसरी आत्मनिर्भर हुन सक्लान् भन्ने प्रश्न पनि उठेको छ । अहिले राजनीतिक दलहरू संघीयतासम्बन्धी गरमागरम बहसमा जुटेरहेका छन् । यस्तो अवस्थामा उनीहरूले के बिर्सन हुँदैन भने संघीयता भनेको राजनीतिक नभएर विशुद्ध आर्थिक विषय हो, भोलिको देशको आर्थिक विकास यसैमा निर्भर गर्नेछ ।  त्यसैले संघीयतामा जाने हो भने निश्चित क्षेत्रमा अन्तरनिहित सामथ्र्यका आधारमा मात्रै राज्यहरूको निर्माण गर्नुपर्छ । कुनै व्यक्तिको सनकका आधारमा, कसैको स्वार्थ र केही समू्हको दबाबका आधारमा राज्य पुन:संरचनाजस्तो काम गरियो भने त्यसले भविष्यमा विकासमा क्षेत्रीय असन्तुलनलाई अझ बढाएर त लैजानेछ नै, देश नै विखण्डन हुने, अनन्तकालसम्म द्वन्द्वमा फस्ने सम्भावना पनि हुन्छ । (सम्पादकीयबाट)  वर्ष ६, अंक २१९, बुधवार, १३ वैशाख, २०६९

टाक्सिँदो लोकतन्त्र, खस्किँदो चुनाव

आजको व्यवस्थाको हजार दोषहरूले भरिए पनि हामीसँग तत्काल यसको विकल्प छैन । देखेभोगेकै कुरा हो, उन्नत लोकतन्त्रको आधारशिला स्थापित गर्दै त्यसको मूल्य र गरिमा कायम राख्न दलहरू असफल भइरहेका छन् । लोकतन्त्र दिन–प्रतिदिन क्षय र विनाश मात्रै भोग्दै छ ।