पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । रेलसेवाका प्रहरी अधिकारी फैजल शखरले मंगलबार यस घटनाबारे पत्रकारलाई जानकारी गराउने क्रममा बलात्कृत महिला दुई बच्चाकी आमा भएको बताए । शखरका अनुसार सोमबार घटनाबारे प्रहरीमा रिपोर्ट गरिएलगतै दुईजना शंकास्पद व्यक्ति पक्राउ परेको र अर्को तेस्रो व्यक्ति मंगलबार पक्