पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुला भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ९ बजेदेखि खुला भएको हो । सोमबार राती ११ बजेदेखि अवरुद्ध भएको सडकमा फसेका यात्रुहरुलाई नेपाल प्रहरीको गाडि र प्राइभेट गाडीमार्फत उद्धार गरेर जुगेडीसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रातोपाटीलाई जानकारी दिए । आवागमनका लागि राजमार्ग खुला भएपनि मालबाहक गाडि भने सडकमै रहेको उनले बताए । मौसमले साथ दिएमा दुईतर्फी बाटो ख