स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने छ ।सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि काँग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेलको निर्णय लिने सहमति गरेको थियो ।काँग्रेसको वि