राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विविध विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

सम्बन्धित सामग्री

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

१३ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई […]