पहिरोले दाङ घोराही–मुर्कुटी सडक खण्ड बन्द

दाङ - पहिरोले दाङ घोराही–मुर्कुटी सडक खण्ड बन्द भएको छ । सडक बन्द हुँदा दाङ–प्युठान सडक भएर आवतजावत गर्ने गाडी  र यात्रु अलपत्र परेका छन् । घोराही–मुर्कुटी खण्डको घोराही उपमहानगरपालिका-४ कइने खोला नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।