सिद्धार्थ बैंकले ऋणपत्र बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्याइएको हो ।उक्त अवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । यसले १० असारदेखि चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रति इकाइ एक हजार रुपैयाँको दरमा ४० लाख इकाइ ऋणपत्र जारी गरेको हो । यसमध्ये २४ लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर