काठमाण्डौ – नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताउनुभएको छ ।
आज आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले अमेरिकी स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनुभयो । उहाँले पत्र पठाए–नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको बताउनुभयो । सभामुख र संसदीय समितिको निर्देश...