रानीपोखरी जीर्णोद्धार गरेकोमा सेनाको प्रशंसा

नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा थापालाई विश्वमै आकर्षक मानिने कलात्मक मयूर झ्याल उपहार दिएको हो ।

सम्बन्धित सामग्री

जेठो रानीपोखरीको पुनर्जन्म

मौलिक कलात्मक प्रवेशद्वार । रानीपोखरी (न्हुः पुखु) सँगै पुनर्जीवन पाएको सुन्दर ह्वाङह्वाङ पाटीले अर्को सौन्दर्य थपेको छ । संरक्षण अभावमा निकै वर्ष पुरिएर लोप अवस्थामा पुगेको जलद्रोणी पनि सङ्लो पानीले भरिएको छ । मर्मत तथा जीर्णोद्धार नहुँदा घाँसे झाडीमा पुरिएका शिलालेख, ऐतिहासिक मूर्तिहरूले पनि मुहार फेरेको आभास हुन्छ ।

भक्तपुरको ऐतिहासिक रानीपोखरी नागरिकका  लागि खुला

काठमाण्डाै – भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) नागरिकका  लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको हिजो उद्घाटन गर्नुभएकाे हाे । उहाँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भइ राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताउनुभयो । उहाँले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी...

सर्वसाधारणका लागि खोलियो भक्तपुरको रानीपोखरी

भक्तपुर : भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आज (मंगलबार) देखि सर्वसाधारणका लागि खोलिएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेका हुन्। सो अवसरमा उनले ‘जीर्णोद्धार’ पुस्तक पनि सार्वजनिक गरे।अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताए। उनले कला संस्कृति जोगाउनु