नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र भोलि शनिबार सार्वजनिक हुँदैछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बिहान १० बजे घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचितलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी र विवेकशील साझा पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेसको घोषणापत्र‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसको घोषण
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई मंसिरमा हुने निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै शर्मालाई सभापति देउवाले मस्यौदा समितिको संयोजकमा मनोनयन गरेको जानकारी दिएका हुन् ।
२३ वैशाख, राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी तिरहुत गाउँपालिका अध्यक्षका उम्मेदवार विजयकुमार यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । यादवले सार्वजनिक गरेको २९ बुँदे घोषणापत्रमा कालोपत्रे सडकदेखि शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने उल्लेख छ । रुपनीमा पनि कांग्रेसको घोषणापत्र नेपाली कांग्रेस […]
सप्तरी, २३ वैशाख । नेपाली कांग्रेस रुपनीले स्थानीय तह निर्वाचनका लागि शुक्रबार चुनावी घोषणापत्र जारी गरेको छ । कांग्रेस रुपनी गाउँकार्य समितिले वडा नम्बर ३ स्थित कटैयामा पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामनारायण ईसरले जनताले मत दिएर निर्वाचित गराएमा पालिकाको प्रत्येक वडाको सडक कालोपत्रे सडक सञ्जालमा जोडने घोषणा गरे। […]
नेपाली कांग्रेस विराटनगर महानगरसमितिले आगामि स्थानीयतहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार नेपाली कांग्रेस मोरङको कार्यालय परिषरमा आयोजित कार्यक्रममा महानगरसमितिले संकल्पपत्र सार्वजनिक गरेको हो।...
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९, घोषणापत्रको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा समितिका संयोजक महामन्त्री गगनकुमार थापाले ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को प्रारम्भिक मस्यौदा प्रस्तुत गरे ।
मस्यौदामा बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यबाट प्राप्त सुझाव र केन्द्रीय कार्यसमितिका सदस्य समेतबाट आगामी...
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा समितिका संयोजक महामन्त्री गगनकुमार थापाले ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को प्रारम्भिक मस्यौदा प्रस्तुत गरेका थिए ।
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस अहिले चुनावी घोषणापत्र लेखनमा व्यस्त छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको २८ सदस्यीय घोषणापत्र लेखन समितिले अहिले काम गरिरहेको छ । उसले लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने निर्णय बिहीबार बसेको समितिको बैठकले गरिसकेको छ ।
घोषणापत्र लेखन समितिले...