दुबै कम्पनीले खोप खरिदका लागि ३५ करोड अमेरिकी डलर खर्च गर्नेछन् । ताईवानले महिनौंदेखि जर्मनीसँग बायोएनटेकको खोप खरिदका लागि अभ्यास गर्दै आएको छ ।
दुबै कम्पनीले पचास पचास लाख खोप खरिद गर्ने बताइएको छ । खरिद गरिएको खोप ताईवान सरकारलाई बितरणको लागि उपलब्ध गराइनेछ । बायोएनटेकको चिनियाँ बिक्रेता साघांइ फोसुन फर्मास्युटिकल ग्रुपले एक वक्तब्य जारी गरी सम्झौताबारे जानकारी गराएको हो ।