बहुप्रतीक्षित 'प्रेम गीत ३' को ट्रेलर सार्वजनिक, दुई अवतारमा प्रदीप

काठमाडौं : बहुप्रतीक्षित नेपाली फिल्म 'प्रेम गीत ३' को ट्रेलर सार्वजनिक भएको छ। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा मुख्य अभिनेता प्रदीप दुई अवतारमा देखिएका छन्। राजपरिवारमा जन्मेको पात्र प्रेमको राज योग र प्रेम योगको वरिपरि घुम्ने बताइएको फिल्मको ट्रेलरमा पनि दुवै पाटो देखाइएको छ। जसमा प्रदीप एक्सन र रोमान्टिक दुवै अवतारमा देखिएका छन्।भारतका लागि डिजिटल राइट्स किनेको जि म्युजिक क

सम्बन्धित सामग्री

प्रदीप स्टारर चलचित्र ‘प्रेम गीत–३’को हिन्दी ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको छ । हिन्दी भाषामा तयार पारिएको ट्रेलर आज लञ्च गरिएको हो ।  माया, प्रेम, रोमान्स र एक्सन समेटिएको ट्रेलरमा प्रदीप खड्कासँगै अधिकांश मुख्य पात्रलाई पर्याप्त समय दिएको छ ।  असोज ७ गते भारत र नेपालमा यो चलचित्र रिलिज हुँदै छ...