प्रदीप स्टारर चलचित्र ‘प्रेम गीत–३’को हिन्दी ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको छ । हिन्दी भाषामा तयार पारिएको ट्रेलर आज लञ्च गरिएको हो ।  माया, प्रेम, रोमान्स र एक्सन समेटिएको ट्रेलरमा प्रदीप खड्कासँगै अधिकांश मुख्य पात्रलाई पर्याप्त समय दिएको छ ।  असोज ७ गते भारत र नेपालमा यो चलचित्र रिलिज हुँदै छ...