बालबालिकामा भिडियो गेमको कुलत हटाउन उनीहरुलाई अनलाइन गेम खेल्न चीनले कडाइ गरेको छ।
अब १८ वर्षभन्दा मुनिका चिनियाँले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाउने छैनन्। यति मात्र नभएर अब चिनियाँ बालबालिकाले साताको अन्त्यमा र बिदामा दिनको ३ घण्टा र साताका बाँकी दिनमा डेढ घण्टामात्र अनलाइन भिडियो गेम