डेढ लाख घुससहित कर अधिकृत पक्राउ

२७ फागुन, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ । स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ […]

सम्बन्धित सामग्री

डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत पक्राउ

काठमाण्डाै - आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।   सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाको आधारमा ढकाललाई डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । ढकालले घुसबापतको रकम आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई लिन लगाएका थिए । अख्तियारले कर्णलाई समेत पक्राउ गरेको छ ।