महाधिवेशन सम्पन्न गरेको झन्डै दुई महिना पछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ । आगामी २७ माघमा बोलाइएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।गत पुस ११–१९ मा सम्पन्न महाधिवेशनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डसहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेशन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन । मुख्यतः महासचिवका दावेदार वर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण