हेटौंडा उपमहानगरले १० महिनामा संकलन गर्‍यो २२ करोड ७० लाख रुपैयाँ राजश्व

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा २२ करोड ७० लाख भन्दा बढी राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उपमहानगरले २२ करोड ७० लाख ३ हजार ३३५ राजश्व संकलन गरेको राजश्व शाखाले जनाएको छ। गत आथिर्क वर्ष २०७८-८९ मा ३१ करोड ५६ लाख राजश्व संकलन…

सम्बन्धित सामग्री

घरजग्गा कारोबारमा देखिएन तरलता अभावको प्रभाव, मंसिरमा ७ अर्ब राजस्व उठ्यो

बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेको बेला घरजग्गा कारोबार भने ह्वात्तै आकाशिएको छ । बैंकहरुमा तरलता अभाव रहेकै समयमा मंसिर महिनामा घरजग्गा कारोबार एकाएक बढेको हो । मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट ६९ हजार ४१२ घरजग्गा किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा भएको कारोबार संख्या कात्तिकको तुलनामा १९ हजार ३२९ ले बढी हो । असोजको तुलनामा कार्तिकमा सुस्ताएको घरजग्गा कारोबार मंसिरमा आउँदा बढेको हो । कारोबार बढेसँगै मंसिरमा राजश्व संकलन पनि बढेको छ । मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख राजस्व उठेको छ । मंसिरमा संकलन भएको कुल राजश्व कार्तिकको तुलनामा १ अर्ब ५७ करोड १३ लाखले बढी हो । असोजको तुलनामा कार्तिकमा १ अर्ब ८३ करोड ५० लाखले घटेर ५ अर्ब ४९ करोड ५१ लाख राजस्व संकलन भएको थियो । मंसिरमा रजिष्ट्रेशन शुल्कवापत ४ अर्ब २२ करोड ७९ लाख, पूँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८४ लाख, सेवा शुल्कबाट २६ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

सेयर बजार घट्दाको असर घरजग्गामा पनि, १ महिनामै १ अर्ब राजश्व घट्यो

पछिल्लो महिनाको तथ्यांक अनुसार घरजग्गा कारोबार सुस्ताएको छ । असोजको तुलनामा कार्तिक महिनामा घरजग्गा किनबेचमा निकै सुस्तता आएको छ । असोजमा देशभरीमा ५९ हजार २२७ घरजग्गा किनबेच हुँदा कात्तिकमा ५० हजार ८३ मात्रै घरजग्गा किनबेच भएका छन् । असोजमा ४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएकोमा कार्तिकमा घटेर ३ अर्ब २२ करोडमा खुम्चिएको छ । कारण के ?घरजग्गा कारोबारलाई पछिल्लो समय प्रभावित पारिरहेको क्षेत्र बैंकिङ क्षेत्र नै रहेको रियलस्टेट व्यवसायीहरु बताउँछन् । साउनबाट लयमा फर्किएको घरजग्गा कारोबार अहिले बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव रहेका कारण सिथिल बन्दै गएको व्यवसायीहरुको अनुमान छ ।तरलताको अभावकै कारण बैंकहरुले ऋण प्रवाह गर्न सकेका छैनन् । राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिमा पनि घरजग्गा कारोबारलाई ‘अनुत्पादक’ क्षेत्रमै राखेका कारण बैंकहरुले घरजग्गामा लगानी गर्न क्रमशः कम गर्दै लगेका छन् । यद्यपी, चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन, भदौ, असोज) मा घरजग्गामा बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् ।अहिले बैंकहरुले सिमित व्यक्ति र कम्पनीलाई मात्रै यस्तो ऋण दिने गरेको घरजग्गा व्यवसायीहरुको गुनासो छ । ठूला व्यवसायीहरुको बैंकमा पनि लगानी हुने र आफन्तको नाममा घरजग्गा कर्जा लिएर आफूले प्रयोग गर्ने गरेका कारण बहुसंख्यकले ऋण पाउन नसक्दा कारोबार सुस्ताएको व्यवसायीको दाबी छ ।अर्कोतर्फ, सेयर बजार निरन्तर ओरालो लागेका कारण पनि घरजग्गा कारोबारमा असर परेको छ । मानिसले सेयरमा कमाएको पैसा घरजग्गामा लगानी गर्ने विश्वव्यापी अभ्यास रहेपनि पछिल्ला केही महिना नेप्से परिसूचक निरन्तर ओरालो लागेका कारण पनि मानिसले सेयरबाट आम्दानी गर्न नसक्दा घरजग्गा कारोबारमा नकारात्मक प्रभाव परेको हो ।‘नेप्से घटिरहेको छ, मानिसको पैसा सेयरमा फसेको छ’ एकजना घरजग्गा कारोबारी भन्छन्, ‘घाटामा सेयर बेच्ने कुरा आएन, कुरौँ न त भनेर मानिस पर्खेर त बसेका छन्, भएको पैसा सेयरमा फसेका कारण मानिससँग पैसा छैन, बैंकले लोन दिँदैन । त्यसैले रियलस्टेट व्यवसाय अहिले सुस्ताएको छ ।’कुन महिनामा कति कारोबार ?चालु आर्थिक वर्ष २०७८/०७९ को साउनमा घरजग्गाको ७५ हजार ४१७ लिखत पारित र ५० हजार ४११ दृष्टिबन्धक वापत ४ अर्ब ७० करोड ३४ लाख रुपैयाँ राजश्व उठेको थियो । तर, भदौमा आउँदा लिखत पारित ७० हजार ९० मा खुम्चियो । दृष्टिकन्धकको संख्या बढेर ६६ हजार ५५८ पुगेका कारण राजश्व भने घटेन । भदौमा ४ अर्ब ७० करोड ८६ लाख रुपैयाँ राजश्व उठ्यो ।तर, असोजमा भने लिखत पारित र दृष्टिबन्धक दुबै घट्यो । असोजमा ५९ हजार २२७ लिखत पारित र ५७ हजार ६१८ दृष्टिकन्धकवापत ४ अर्ब २३ करोड ९२ लाख मात्रै राजश्व उठ्यो । कार्तिकसम्म आईपुग्दा कारोबार (लिखत पारित ५० हजार ८३ र दृष्टिबन्धक ३६ हजार ६२३) अस्वभाविक रुपमा खुम्चिँदा ३ अर्ब २२ करोड ८० ला मात्रै राजश्व उठ्यो ।