स्वास्थ्य मन्त्रालयको तर्फबाट सीसीएमसीमा डा दिपेन्द्ररमण सिंहलाई जिम्मेवारी
सीसीएमसीमा प्रतिनिधित्व गरेपनि उनले नै विभागको जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। यसअघि सीसीएमसीमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधित्व गरेका थिए।
काठमाडौं, २१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई दिइएको छ । उक्त मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेत इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन हेल्थ एण्ड डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन गएकाले उनको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार सम्हाल्न उनलाई जिम्मेवारी तोकिएको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा […]
सरकारले स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । लामो समयदेखि रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा.सन्जयकुमार ठाकुरले पाएका छन् ।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक ठाकुरलाई महाशाखाको जिम्मेवारी दिइएको हो । यस्तै, डा.ठाकुरको ठाउँमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव रिता जो
काठमाडौँ – स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता मिश्राले पाएकी छन्। यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेलले सम्हाल्दै आएका थिए। डा. पौडेलले अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मात्रै हेर्ने छन्। यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक रहेकी मिश्रालाई केही हप्ता अगाडी स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयको समवन्य महाशाखा प्रमुखमा तानेका थिए। डा. […]
२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता मिश्राले पाएकी छन् । समन्वय शाखाको प्रमुख रहेकी डा. मिश्राले बिहीबारदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएकी हुन् । ‘बिहीबारखि मन्त्रालयको प्रवक्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको छु,’ डा. मिश्राले भनिन्, ‘सरकारले दिएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्ने छु ।’ डा. मिश्राले कोभिड–१९ को नयाँ […]
काठमाडौँ – नेकपा एकीकृत समाजवादीले मन्त्रालयको जिम्मेवारीबारे बिहीबार गरेको निर्णय हेरफेर गरेको छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिने भनिएकोमा अब उक्त मन्त्रालय विरोध खतिवडालाई दिने निर्णय समाजवादीले गरेको छ। झाँक्रीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकासमध्ये एक पाउने भएकी छिन्। किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन। […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले आजैदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि मन्त्रालयको प्रवक्ता रहेका डा जागेश्वर गौतम कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएपछि मन्त्रालयको प्रवक्ताको पद खाली थियो।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहेका डा.पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघिका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारीमा नियुक्त भएपछि प्रवक्ताको पद खाली थियो।
काठमाण्डाै - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता तोकिनु भएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्तामा प्राध्यापक डाक्टर जागेश्वर गौतम हुनुहुन्थ्यो । उहाँले कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाएपछि प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेललाई दिइएको हो ।
डाक्टर गौतमले झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएको थियो ।