सिमकोट – एक वृद्ध दम्पती डेढ वर्षदेखि जंगलमा घाँसको छाप्रो बनाएर बस्दै आएका छन्। गाउँमा भएको घर भत्किँदा त्यसलाई मर्मत गर्न नसक्दा उक्त जोडी जंगलमा बस्न थालेको हो। गरिबीकै कारण गाउँमा भत्केको घर निर्माण गर्न नसकेर जंगल छेउको छाप्रोमा बस्न बाध्य हुँदै आएको ६० वर्षीया शिवकला फडेराले बताइन्। जिल्लाकै मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका […]