हेटौंडा : आइतबार बिहान करिब ११ बजेतिर हेटौंडा–३ बसामाडीस्थित महेन्द्रकिरण माविमा दुईजना वृद्धवृद्धा एकअर्काको हात समाएर भित्र छिरे।एउटा हातले लौरो टेकेका ८७ वर्षीय वृद्धलाई डोहोर्याएर ल्याएकी थिइन्, उनकी ६७ वर्षीया पत्नीले। दम्पती विद्यालयको गेटबाट भित्र छिर्नासाथ मतदानमा खटिएका कर्मचारीहरू ‘यता यता’ भनेर बोलाउँदै थिए।तर लौरो टेकेर आएका वृद्ध राम्ररी हिँड्न सकिरहेका थिएनन्। उनलाई लौरोसँगै आफ्नो हातले भरोसा दिइरहेकी उनकी पत्नी सुस्केरा मार्दै हिँड्दै थिइ