काठमाडौं । बेलायतमा रोजगारीका लागि जान ४५ जना नेपाली नर्स छनोट भएका छन् । ६० जना नर्स अन्तर्वार्तामा सहभागी भएकोमा ४५ जना मात्र छनोट भएको बैदेशिक रोजगार विभागले जनाएको हो । अहिलेलाई प्रयोगका रूपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो । त्यसै समझदारी अनुसार बेलायत जान […]
३० असोज, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड)को मस्यौदा तयार गरेको छ । यो मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्बाट परित गरिनेछ । नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो […]
बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन् । छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन् । नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो । नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषि सुनक छन् । भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । निर्वाचित भएमा ट्रस मारगेट थ्याचर र थेरेसा मेपछि देशको तेस्रो प्रधानमन्त्री हुनेछिन् । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना
काठमाडौं : नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ। विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो। महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका रहेको फिल्ममा हुलाकीको कथा रहेको छ। यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म मे १८ मा बेलायतमा प्रदर्शन हुनेछ। छिट्टै नेपालका हलमा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ
काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो ।
काम, पारिश्रमिक तथा सेवा/सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरू सम्मिलित शुक्रवार सम्पन्न पहिलो बैठकमा एक साताभित्र श्रम सम्झौताको मस्यौदा तयार गर्ने सहमति भएको छ ।
नेपाल र बेलायतका अधिकारीहरूबीच काठमाडौंमा भएको बैठकमा श्रम समझदारी भएपछि नर्सको भर्ना प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । श्रम समझदारी गर्न दुवै पक्षले प्रक्रिया अगाडि बढाएका छन् । बैठकमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालका अनुसार नर्सको रूपमा बेलायतको रोजगारीमा जानेले कुनै शुल्क तिर्नुपर्दैन । ‘यो बैठकले बेलायतमा कति जना नर्स लैजाने भन्ने टुंग्याएको छैन । श्रम समझदारी गर्ने सहमति भने भयो,’ उनले भने, ‘छनोट भएका नर्सले भाषा परीक्षाको तयारी गर्दा लागेको शुल्कसमेत बेलायतले नै बेहोर्नेछ ।’ नेपालबाट छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा भने उत्तीर्ण गर्नुपर्ने भुसालले बताए ।
नेपाल र बेलायतबीच जीटुजी प्रक्रियामार्फत नेपाली नर्स पठाउने सहमति भएको छ । नेपालका नर्सिङ कलेजको क्षमता बढाउन समेत बेलायत सरकारले सहयोग गर्नेछ । नेपालमा नर्स उत्पादन बढाउन छात्रवृत्ति दिएर सहयोग गर्ने प्रतिबद्धता बेलायत सरकारले व्यक्त गरेको छ ।
नर्सहरूको करार अवधि पाँच वर्षको हुनेगरी नेपालले प्रस्ताव गरेको छ । रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हित सुनिश्चित गर्ने प्रभावकारी उपाय मानिएको छ ।
श्रम मन्त्रालयका अनुसार बेलायतसँग हुने श्रम सम्झौता ऐतिहासिक उपलब्धि हुनेछ । यूरोपका उच्च आय हुने मुलुकहरूसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने मन्त्रालयले बताएको छ । श्रम सम्झौतापछि न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाको प्रत्याभूति हुनेछ । गन्तव्य मुलुकमा श्रमिकको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत गर्न सकिनेछ । बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ संघका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् । ९ हजार नर्स सरकारी सेवामा रहेको संघको तथ्यांक छ ।
वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टीकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न जाँदै छन् ।
काठमाण्डौ - बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।
भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ ।
उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइन...
काठमाडौं । बेलायतमा हुन मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । छनोट समितिले २० सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेका हुन् ।
पारस खड्काको ...