गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ । आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयक–२०८० र आर्थिक विधेयक–२०८० लाई पारित गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । आर्थिक मामिलामन्त्री आले मगरले प्रस्तुत गर्नुभएको दुवै विधेयकसम्बन्धी प्रस्तावलाई सभामुख …