रौतहट । रौतहटमा ३ हजार भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको एक कार्यक्रममा जानकारी दिइएको छ । हिजो बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको लागि सरोकारवालाहरु संगको छलफल कार्यक्रममा सो कुरा जानकारी दिइएको हो । निल हिरा समाजको आयोजनामा सेभ द चिल्डे«नको आर्थिक सहयोगमा र सप्तरंगी नेपालको समन्वयमा एक दिने अन्तरक्रिया […]
The post रौतहटमा ३ हजार बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सुर्खेत । सल्यान जिल्लामा जन्मिएकी अञ्जली यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पर्छिन् । उनी विगत चार वर्ष देखि सुर्खेतमा बस्दै आइरहेकी छिन् । उनको पेशाव्यवसाय केही छैन छ त केबल समाजले गर्ने अपमान र अवहेलना । उनले परिवारका सदस्यले आफूलाई जन्मिदा छोरा देखेको हुँदा छोरीको रूपमा अझै स्वीकार गर्न नसक्दा जन्मस्थान छोडेर सुर्खेतमा बस्दै आएको […]
मेकअप आर्टिस्ट तथा मोडल निलम पौडेललाई धेरैले चिन्छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी उनले आफ्नो स्थान बनाउनका लागि निकै ठूलो संघर्ष गर्नु परेको थियो । सुकुम्बासी बस्तीबाट रंगिन दुनियामा आफ्नो स्थान बनाउनु चानचुने कुरा होइन । कडा परिश्रमले उनलाई अहिले रोलमोडलको रुपमा खडा गरिदिएको छ । उनी आफू मात्र होइन धेरैलाई आत्मनिर्भर बनाउनका लागि […]
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलबीजीटीक्यूआईए)ले सरकारले बेवास्ता गरेको गुनासो गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट नछुट्याएको भन्दै यसतर्फ सरकार गम्भीर नबनेको यो समुदाय उल्लेख गरेको छ। विगतको दिनमा भन्दा अहिले सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारले गृहकार्य गरिरहेको अवस्था भएको र सानोतिनो रकम प्राप्त भएको भए पनि त्यो पर्याप्त नभएको समाजले जनाएको […]
काठमाडौँ – यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईए)ले शनिबार काठमाडौँमा ‘प्राइड परेड’ (गौरव र्याली) निकालेका छन्। उनीहरुका शान्तिबाटिकादेखि नक्साल नारायणचौरसम्म ‘प्राइड परेड’ निकालेका हुन्। यौनिक तथा लैंगिक अल्पसंख्यकले जुन महिनालाई विश्वभर ‘प्राइड मन्थ’का रुपमा मनाउँछन्। त्यस अवसरमा उनीहरु ‘प्राइड परेड’ निकाल्छन्। सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाउन थालिएको हो। त्यस वर्ष […]
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउनेछन् । अन्तिम नामावलीमा सात प्रदेशका ४४ जिल्लाबाट १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता समेटिएका छन् ।
देशभर १८५ जना तेस्रोलिङ्गी (यौनिक तथा लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका हुन् । जसअनुसार प्रदेश १ मा २२, मधेस प्रदेशमा ७०, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ जना रहेका छन् ।
पछिल्ला वर्षहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका आन्दोलनले कानुनी रूपमा महिला र पुरुष बाहेक ‘अन्य’लाई पनि पहिचान दिएको छ। तर विडम्बना, समाजले भने यी ‘अन्य’लाई अझै स्वीकार्न सकेको छैन।...