नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र निर्माण शुरुआत गरेको छ । संस्थाले रु आठ करोडको लागतमा भवन निर्माण अघि बढाएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा विसं २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा–८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण शुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिए ।उनका अनुसार भवन निर्माणका लागि हा