२० वैशाख, काठमाडौं । पूर्वी नेपालका उद्योगहरुमा सहज विद्युत आपूर्ति सुरु भएको छ । केही दिनयता पर्याप्त बिजुली आयात हुन नसकेपछि उद्योगहरुमा अनियमित विद्युत कटौती भइरहेको थियो । लोडसेडिङ नै हुने अवस्था आएको भन्दै प्रदेश १ उद्योगीहरुले २० वैशाखसम्म समस्या समाधान नभए संयुक्त रुपमा चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए । प्राधिकरणले मंगलबारबाट उद्योगहरुमा नियमित विद्युत […]
सरकारले ग्यास आपूर्ति सहज बन्दै गएको दाबी गरेको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनिरहेको बताएको हो । आज विभागमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक लिलाप्रसाद शर्माले ग्यास आपूर्ति सहज बनिरहेको बताए ।उनले ग्यास अभावको समाचार पढेपछि अनुगमनका निस्किएको र केही व्यापारी तथा डिलरलाई अभाव सृजना नगर्न चेतावनी दिएपछि आपूर्ति सहज बनेको बताए । ‘दुई दिन अघि वाणिज्य विभागको टोली अनुगमनमा गएको थियो,’ उनले भने, &lsquo
काठमाडौं, साउन २५ । सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौ धौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । विभिन्न परम्परागत सिप तथा कला संरक्षण तथा प्रवर्धनका साथै औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बी.जी एण्ड […]
कोभिड–१९ को दोस्रो लहर निषेधाज्ञामा समेत दैनिक उपभोग्य वस्तु खाद्यान्न, नुन तेल दाल चाम लगायत पेट्रोलियम पदार्थको आपूर्ति नरोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत वैशाख १६ गतेदेखि निरन्तर जारी निषेधाज्ञाको बाबजुद पनि अन्तरदेशीय आपूर्ति व्यवस्था सहज रहेको र आवश्यक खाद्यान्न, नुन, तेल, दाल चामल लगायत पेट्रोलियम पदार्थको निरन्तर आपूर्ति भइरहेको मन्त्रालयले जनाएको हो ।यस्तो आपूर्ति निषेधाज्ञाकै बीच अधिकतम ४९३ मालबाहक कन्टेनर (ट्रक) विभिन्न नाका गरि नेपाल प्रवेश गरेको मन्त
राप्रपाले जनस्वास्थसँग खेलवाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रेस विज्ञप्ति...
काठमाडौं। ललितपुरको अल्का अस्पतालले अक्सिजन आपूर्ति सहज गरिदिन सरकारसँग माग गरेको छ। कोरोना विरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन थालेको भन्दै आपूर्ति सहज बनाइदिन माग गरेको हो। अहिले दैनिक १५० वटा सिलिण्डर आवश्यक छ। तर अहिले ४६ वटा मात्रै आन्तरिक व्यवस्थापनबाट मिलाइरहेको छ। अल्कामा १७ आईसीयू, २९ जनरल वार्ड र १५ वटा क्याविन छन्।
चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनीलगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको पौडेलले […]
कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ ।पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।माग अनुसारको सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ । निषेधाज्ञापछि पेट्रोलियम पदार्थको माग घटेको छ । प्रवक्ता उपाध्यायले भने, “यातायातका साधन
काठमाडौं। नेपालमा अक्सिजनको आपूर्ति सहज बनाउन सरकारले उद्योगहरुसँग समन्वय गर्नुपर्ने देखिएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले सिलिन्डरको आयातमा भन्सार छुट दिएमा अक्सिजनको आपूर्ति सहज हुने बताए। अक्सिजनको उत्पादन गर्दै आएका उद्योगसँगको सहकार्यमा सिलिन्डर आयातमा सहजीकरण गरेमा धेरै हदसम्म अभाव टर्ने उनको भनाई छ।