अनिवार्य मास्क प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं : ट्राफिक प्रहरीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घर बाहिर निस्कँदा मास्क प्रयोग गर्न अनुरोध गरेको छ।ट्राफिक प्रहरीले सार्वजनिक चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनमा सूचनामूलक स्टिकर टाँस गरेको छ।ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरूको उपस्थितिमा‘ ‘सवारीसाधनमा चढ्दा मास्क प्रयोग गरौं’ भन्ने

सम्बन्धित सामग्री

तपाईंको मास्क खै ?

काठमाडौं । उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले मास्क अभियान थालेको छ । ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड अनिवार्य पालना र घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न ‘तपाईंको मास्क खै ? लेखिएको रिबन प्रयोग गरी सचेतना सुरु गरेको हो । ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले मंगलबार न्युरोड गेटमा खटिएका ट्राफिक […] The post तपाईंको मास्क खै ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य, सिट भन्दा बढी यात्रु चढाउन नपाइने

काठमाडौंकाे सार्वजनिक यातायातमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ । कोरोना संक्रमण जोखिमलाई रोकथाम र नियन्त्रणका गर्न सरोकारवाला निकायबीचको छलफलमा यस्तो निर्णय  गरिएको हो ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा सार्वजनिक सवारीमा मास्कको अनिवार्य प्रयोग गर्ने निर्णय भएको हो । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि अनिवार्य मास्क प्रयोग गर्नुपर्र्नेे निर्णय गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय पनि गरिएको छ । साथै सार्वजनिक यातायातमा अनुगमन र निगरानी पनि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।