सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य, सिट भन्दा बढी यात्रु चढाउन नपाइने

काठमाडौंकाे सार्वजनिक यातायातमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ । कोरोना संक्रमण जोखिमलाई रोकथाम र नियन्त्रणका गर्न सरोकारवाला निकायबीचको छलफलमा यस्तो निर्णय  गरिएको हो ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा सार्वजनिक सवारीमा मास्कको अनिवार्य प्रयोग गर्ने निर्णय भएको हो । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि अनिवार्य मास्क प्रयोग गर्नुपर्र्नेे निर्णय गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय पनि गरिएको छ । साथै सार्वजनिक यातायातमा अनुगमन र निगरानी पनि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। छिमेकी देश भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमण बढ्न थालेको छ । बढ्दो सङ्क्रमणको अवास्थालाई मध्य नजर गरी सरकारले सङ्क्रमणको नियन्त्रण तथा जोखिमलाई कम गर्न अनिवार्य मक्स प्रयोग गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न […]

अब मास्क अनिवार्य लगाउनु पर्ने

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न […]

कोभिड नियन्त्रण गर्न सरकारी अनुगमन

मोतीराम तिमल्सिना,काभ्रे  ।  कोभिडको संक्रमण बढ्दै गए पछि जिल्लामा संक्रमण फैलन नदिन बुधबार बिहान सरकारी अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा अरनिको राजमार्गको बनेपा चार दोबाटो चोक, सार्वजनिक यातायात तथा अन्य क्षेत्रको अनुगमन गरिएको थियो । ‘सार्वजनिक बसमा सिट क्षमता भन्दा धेरै यात्रु नबोक्न र यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न भनेका […]

कोभिड–१९ को जोखिम कम नभएपछि तनहुँमा निषेधाज्ञालाई निरन्तरता

असोज १३, तनहुँ । जिल्ला संकट व्यवस्थापन केन्द्रले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्षसहित केन्द्रले निषेधाज्ञा आदेश कायम गरेको हो  केन्द्रका संयोजक एवम् प्रजिअ विश्वप्रकाश अर्यालले बुधवार विज्ञप्ति जारी गरी यसअघि जारी भएको निषेधाज्ञालाई अर्को आदेश नभएसम्म  जिल्लाभर लागू गरिएको जानकारी दिए ।  मन्त्रिपरिषद्को यही असोज ५ को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उदफा ३, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो आदेशलाई निरन्तरता दिइएको हो ।  आदेशमा सर्वसाधारण सबैले मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, चाडपर्व मनाउँदा भीडभाड नगर्न, सकभर घरमै मनाउन, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरेर मात्र आवतजावत गर्न, अनावश्यक रुपमा मानिसहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।  उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा हल, व्यायामस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्य मापदण्डको पालना हुने गरी सञ्चालन गर्न, सार्वजनिक यातायात सञ्चालकले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, बैठक गोष्ठी भर्चुअल माध्यमबाट गर्न, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गर्न पनि आदेशमा उल्लेख छ ।  विद्यालयलगायत शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने सम्बन्धमा कोभिड–१९ जोखिमको विश्लेषण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाउने मापदण्डका आधारमा सञ्चालन गर्न आदेश गरिएको छ । रासस