उपाधि होडमा एट्लेटिको मड्रिडलाई धक्का

काठमाडौं। स्पेनिस ला लिगाको उपाधि होडमा रहेको एट्लेटिको मड्रिड एट्लेटिक बिल्बाओसँग २–१ ले पराजित भएको छ। यो पराजयले एट्लेटिकोको उपाधि होडमा धक्का लागेको छ। बिल्बाओका लागि आठौँ मिनेटमा बेरेन्गुएर रेमिरो तथा ८६ औँ मिनेटमा मार्तिनेजले गोल गरे। एथ्लेटिको मड्रिडका लागि ७७ औँ मिनेटमा साभिकले एक गोल फर्काए। हारपछि पनि शीर्ष स्थानमा रहेको एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ।

सम्बन्धित सामग्री

ला लिगा उपाधि छिनोफानो आज : एट्लेटिकोलाई सहज प्रतिद्वन्द्वी!

काठमाडाैं : स्पेनिस ला लिगाको अन्तिम चरणका खेलहरू आज  हुँदै छन्।जहाँ स्पेनिस लिगको च्याम्पियनको टुंगो लाग्ने छ। यो पटक उपाधि होडमा मड्रिड डर्बी रहेका छन्। प्रतियोगिताको अन्तिम खेलमा जित निकाले एट्लेटिको मड्रिड च्याम्पियन बन्ने छ। रियलका लागि भने एट्लेटिको पराजित हुनुपर्ने अवस्था छ। रियलले आफ्नो खेलमा जित निकाल्नु अनिवार्य पनि छ। खेल नेपाली समय अनुसार राति पाैने १० बजे हुँदै छन्।च्याम्पियन बन्ने होडस्पेनिस लालिगामा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ। एट्लेटिकोको जारी सिजन ३७ खेलब

ला लिगाको उपाधि होडमा रियल मड्रिड र एट्लेटिको मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि होडमा रहेका तीन टिम मध्ये रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्। गएराति सम्पन्न खेलमा एट्लेटीको मड्रिडले ओसासुना र रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि जित निकालेसँगै उपाधि होडमा यी दुबै टोली कायमै रहेका हुन्। अर्कोतर्फ उपाधि होडमा रहेको तेस्रो टिम बार्सिलोनामा भने…

एट्लेटिको ला लिगाको उपाधि नजिक

काठमाडौं। एट्लेटिको मड्रिड ७ वर्षपछि स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। गएराति ओसासुनालाई २–१ ले हराउँदै एट्लेटिकोले उपाधिको सम्भावना बलियो बनाएको हो। ७५औं मिनेटमा बुडिमिरको गोल गरेपछि ओसासुनाले अग्रता लिएको थियो। तर एट्लेटिकोका लागि ८२औं मिनेटमा लोडी डोस सान्तोस र ८८औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि महत्वपूर्ण जित निकाल्यो।लिगको अन्तिम खेलमा रियल भालाडोलिडलाई हराएमा एट्लेटिकोले उपाधि उचाल्नेछ।

उपाधि होडबाट बाहिरियो बार्सिलोना

बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो । पछिल्लो नतिजाले बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो । लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा...

पुनरागमन जितसहित एट्लेटिको उपाधि नजिक

३ जेठ, काठमाडौं । स्पानिस ला लिगामा ओसासुनाविरुद्ध पुनरागमन जित हात पार्दै एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ओसासुनालाई २-१ ले पराजित गरेको हो । यस जितपछि अन्तिम खेल खेल्नुअघि एट्लेटिकोले दोस्रो स्थानको रियल मड्रिडमाथि २ अंकको स्पष्ट अग्रता समेत बनाएको छ । रियलले […]

एट्लेटिको मड्रिड उपाधि नजिक

एजेन्सी। रियाल सोसिडाडलाई २–१ ले हराउँदै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। एट्लेटिको दोस्रो स्थानको बार्सिलोनालाई चार अंकले पछाडि पारेको छ। एट्लेटिकोले अब बाँकी दुबै खेल जिते २०१४ पछि उपाधि जित्नेछ।तेस्रो स्थानको रियालले आज ग्रानाडासँग अंक गुमाए एट्लेटिकोलाई एक खेल जितेमात्र पनि पुग्छ। एट्लेटिकोका यानिक कारास्को र एन्जेल कोरेराले तथा रियाल सोसिडाडका इगोर जुबेलडियाले गोल गरे।

उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिए

काठमाडौं। बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिए पनि एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै छ। उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिएपछि रियाललाई फाइदा भएको छ। रियालले आजराति चौथो स्थानको सेभियाविरुद्ध खेल्दैछ। सेभियाको पनि उपाधि सम्भावना छ। समान ३५ खेलबाट एट्लेटिकोले ७७ र बार्सिलोनाले ७५ अंक जोडेको छ। एक खेल कम खेलेको रियालको ७४ र सेभियाको ७० अंक छ।

स्पेनिस ला लिगाः आज बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

एजेन्सी। स्पेनिस ला लिगामा आज शीर्ष स्थानको एट्लेटिको मड्रिड र बार्सिलोना तेस्रो स्थानको बार्सिलोना भिड्दैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ। बार्सिलोनाले आजको खेलमा एट्लेटिकोलाई पराजित गरे लिगको शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि सम्भावनालाई बलियो बनाउनेछ। लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अङ्क रहेको छ।

उपाधि होडमा रहेको एट्लेटिको मड्रिड विजयी

काठमाडौं। स्पेनिस ला लिगाको उपाधि होडमा रहेको एट्लेटिको मड्रिड विजयी भएको छ। गएराति एट्लेटिको मड्रिडले एल्चीलाई १–० ले हराएको हो। एट्लेटिकोका लागि २३ औं मिनेटमा मार्कस लोरेन्टेले गरेको गोल नै निर्णायक बन्यो। एल्चीका चाभस डी ला तोरेले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्न चुके। शीर्ष स्थानको एथ्लेटिकोको ३४ खेलबाट ७६ अंक भएको छ । दोस्रो स्थानको रियलको ७४ अंक छ।

बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेको गोल

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।