उपाधि होडबाट बाहिरियो बार्सिलोना

 बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो । पछिल्लो नतिजाले बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो । लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा...

सम्बन्धित सामग्री

सिटीका मिडफिल्डर बार्सिलोना जाने

एजेन्सी – यो सिजन ट्रेवल उपाधि जितेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर स्पेनिस च्याम्पियन क्याटलान क्लब बार्सिलोना जाने भएका छन् । सिटीका कप्तान इल्केए गुन्डोगन यस महिनाको अन्त्यसँगै फ्रि ट्रान्सफरमा बार्सिलोना जाने पक्का भएको हो । सिटीको गुन्डोगानको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । ३२ वर्षीय गुन्डोगानलाई सिटीले सम्झौताको प्रस्ताव राखेपनि गुन्डोगानले बार्सिलोना जाने निर्णय […] The post सिटीका मिडफिल्डर बार्सिलोना जाने first appeared on Hamro Khelkud.

‘बार्सिलोना उपाधि जित्न सक्षम छ’ – लेवान्डोस्की

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका समर्थकललाई क्लबले उपाधि जित्ने आश्वासन दिएका छन् । गत सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो । पोलिस फरवार्ड लेवान्डोस्की यसै समरमा जर्मन महारथी बायर्न म्युनिखबाट क्याटलान क्लबमा अनुबन्ध भएका हुन् । क्लबको आर्थिक स्थिति कमजोर रहेपनि बार्सिलोनाले उनीसहित ५ खेलाडीलाई क्लबमा अनुबनध गरेका छ । ५ मध्ये चार खेलाडीलाई […]

बार्सिलोनाले रियललाई पछि पार्दै उपाधि जित्न सक्ला ?

रियल म्याड्रिडले गत सिजन सजिलैसँग उपाधि जित्यो । १३ अंकको अन्तरमा रियलले उपाधि जित्दा बार्सिलोना भने कमजोर अवस्थामा रहँदै सिजनको अन्त्य गर्यो । तर, बार्सिलोना यो सिजनमा भने बलियो देखिन्छ । लेवान्डोस्की, राफिन्हा, डेम्बेलेले क्लबलाई बलियो बनाउने अनुमान गरिएको छ । यो सिजन पनि बार्सिलोना र रियल मड्रिड ला लिगा उपाधिका प्रमुख दावेदार हुन् । रियल बलियो तर, बेम्जिमामाथि धेरै भर १३ अंकले गत सिजनको उपाधि जितेर रियल म्याड्रिड २००८ पछि पहिलो पटक लगातार लिग उपाधि जित्ने योजनाका साथ सिजनक

बार्सिलोना काडिजसँग पराजित

काठमाडौं : स्पेनिस लालिगामा दोस्रो स्थानमा रहेको बार्सिलोना रेलिगेशन जोन रहेको काडिजसँग अप्रत्यासित हारको सिकार भएको छ। शीर्ष स्थानको रियलसँग अंक दुरी घटाउँदै उपाधि होडमा धक्का दिने ध्याउनमा रहेको बार्सिलोना घरेलु मैदानमानै काडिज सँग १-० ले पराजित हुन पुग्यो।बार्सिलोनालाई हराएसँगै काडिजले भने अन्तिमको तीन स्थान छोड्दै १६ औं स्थानमा उक्लिन सफल भयो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा काडिजले पेरेजको गोलमार्फत ४८ औं मिनेटमा अग्रता लिएको थियो। जुन अग्रतालाई जोगाउन सक्दा उसले संभ

जाभीको प्रशिक्षणमा उत्साहित बार्सिलोना

स्पेनिस ला लिगामा जारी सिजनमा बार्सिलोना खराब प्रदर्शनको शृंखलाबाट गुज्रिरहेको छ।हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्राका लागि समेत संघर्षरत छ।बार्सिलोनाले लिगमा एकपछि अर्को खेलमा पराजित हुँदै गएपछि ३ साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो।आफ्ना पूर्वस्टार खेलाडी जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेपछि बार्सिलोना केही उत्साहित भएको छ।सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोनाले उनीसँग सम्झौता

पुनः बार्सिलोना फर्किँदै आल्भेस

क्लब छाडेको ५ वर्षपछि ब्राजिलका भेटरान डिफेन्डर ड्यानी आल्भेस पुनः बार्सिलोना फर्कने भएका छन् । क्लबले ३८ वर्षीय खेलाडीलाई भित्र्याउन सैद्धान्तिक सहमति गरिसकेको बताएको हो ।बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेनसँग ९ वटा लिग उपाधि जितेका आल्भेस सन् २०२१–२२ सिजनका बाँकी समयका लागि क्लबसँग आबद्ध हुनेछन् । ब्राजिलियन खेलाडीले सन् २००८ देखि २०१६ सम्म ८ वर्ष बार्सिलोनामा बिताउँदै ६ वटा लिग उपाधि जितेका थिए । यसक्रममा उनले तीनवटा च्याम्पियन्स लिग र चारपटक कोपा डेल रेको उपाधि पनि जितेका छन

पराजयसँगै बार्सिलोना उपाधि होडबाट बाहिरियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा पराजय ब्यहोरेसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ। क्याम्प नाउमा गएराति सम्पन्न महत्वपूर्ण खेलमा घरेलु टोली बार्सिलोना सेल्टा भिगोसँग २-१ गोलअन्तरले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो। खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। उता सेल्टा भिगोका सान्टी मिनाले ३८…

घरेलु मैदानमा हारेपछि बार्सिलोना उपाधि होडबाट बाहिर

३ जेठ, काठमाडौं । घरेलु मैदानमा सेल्टाभिगोसँग पराजित भएपछि बार्सिलोना स्पानिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसकेको बार्सिलोनामाथि सेल्टाले २-१ को पुनरागमन जित हात पार्‍यो । सेल्टाका लागि दुवै गोल सान्टी मिनाले गरे । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले गोल गरे । मेसीले क्याम्प […]

उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिए

काठमाडौं। बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिए पनि एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै छ। उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिएपछि रियाललाई फाइदा भएको छ। रियालले आजराति चौथो स्थानको सेभियाविरुद्ध खेल्दैछ। सेभियाको पनि उपाधि सम्भावना छ। समान ३५ खेलबाट एट्लेटिकोले ७७ र बार्सिलोनाले ७५ अंक जोडेको छ। एक खेल कम खेलेको रियालको ७४ र सेभियाको ७० अंक छ।

नाडाललाई १२औं पटक बार्सिलोना ओपनको उपाधि

एजेन्सी। राफेल नाडालले ग्रिसका स्टेफानो सिसिपसलाई तीन सेटमा नतिजा निकाल्दै १२औं पटक बार्सिलोना ओपनको उपाधि जितेका छन्। ३५ वर्षे नाडालले पाँचौ वरियाताका सिसिपसलाई ६–४, ६–७ (६÷८) र ७–५ को सेटमा हराए। नाडालले खेल जित्न तीन घण्टा ३८ मिनेटको समय लगाए। ‘यहाँ उपाधि जित्नु विशेष हुन्छ,’ नाडालले भने, ‘मेरो स्तरमा सुधार आएको छ। त्यसकारण यो उपाधि महत्वपूर्ण छ।’