नक्कली लाइसेन्स रद्द गराउन सीआईबी धाउनेमा सरकारी कर्मचारी बढी
१ लाख २ हजार ७ सय ११ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ‘नक्कली’ भएको आशंकामा छानबिन सुरु भएपछि आफ्नो लाइसेन्स रद्द (सरेन्डर) गराउन सर्वसाधारणदेखि डाक्टर, इन्जिनियर र कर्मचारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) धाउन थालेका छन् ।
१ लाख २ हजार सवारी चालक अनुमतिपत्र नक्कली भन्ने सुन्दा कतै मेरो पनि नक्कली त छैन भनेर झस्किएँ । यातायात व्यवस्था विभागको प्रणालीभित्र छिरेर नक्कली लाइसेन्स बनाउने अभियोगमा नेपाल सरकारका उपसचिवसहित १५ जनाविरुद्ध किर्ते अभियोगमा मुद्दा दायर भएको समाचार सुन्दा भने खुसी लाग्यो । यस्ता किर्ते गर्ने व्यक्तिको खोजीकार्यले निरन्तरता पाउनुपर्छ । सरकारी कर्मचारी भएर किर्ते गर्छ भने त्यस्तालाई हदैसम्मको कारबाही हुनुपर्छ ।