काठमाडौँ। राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन्।
यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।