एकल भुक्तानी र मनी ब्याक पोलिसीबाट पछि हट्दै बिमा कम्पनी
एकल बिमाशुल्क भुक्तानी र मनी ब्याक बिमा पोलिसी बिक्री योजनाबाट जीवन बिमा कम्पनीहरू ब्याक भएका छन् । यी पोलिसीको व्यापारले कम्पनीहरूको क्यास फ्लोमा नकारात्मक प्रभाव पारेको भन्दै कम्पनीहरू पछि हटेका हुन् ।
एकल...
जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत वैशाख महिनाभरि बिमा शुल्कको नवीकरण ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर सञ्चालनमा […]
काठमाण्डौ – वैदेशिक रोजगारीमा जानु पूर्व गरिएको बिमा बापत कानुन अनुसार पाइने रकम लिन अब श्रम स्वीकृति लिएको हो भनी विभागले प्रमाणित गर्नु पर्ने नियम हटेको छ ।
अनलाइन प्रणालीमा नै सबै विवरण उपलब्ध हुने भएकाले श्रमिक र बिमा कम्पनी दुवैले विभागसम्म धाउन नपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार वैदेशिक रोजगारीमा जानु पूर्व श्रमिकले बिमा कम्पनीसँग गरेको बिमा बमोजिमको रकम भुक्तानीको लागि अबदेखि विभागमा गएर श्रम स्वीकृति लिएको हो भनी प्रमाणित गर्नु पर्ने प्रावधान हटेको र बिमा कम्पनीले पनि त्यसको र...
भुक्तानी गर्न बाँकी रहेको कोरोना बिमा रकममध्ये करिब सावा ५ अर्ब रुपैयाँ तिर्न बिमा समिति, बिमा कम्पनी र पुनर्बिमा कम्पनी राजी भएका छन् । अर्थ मन्त्रालयको निर्देशनअनुसार बिमा समितिले सरोकारवालाहरूसँग गरेको छलफलमा सरकारले भुक्तानी गर्न बाँकी रकमको ४५ प्रतिशत यी निकाय (बिमा समिति, बिमा कम्पनी र पुनर्बिमा कम्पनी) ले बेहोर्ने विषयमा सहमति भएको हो ।
भुक्तानी गर्न बाँकी कोरोना बिमा रकममा कम्पनीहरूले थप दायित्व वहन गर्ने गरी विकल्प पेस गर्न अर्थ मन्त्रालयले बिमा समितिलाई पुनः निर्देशन दिएको छ । बिमा कम्पनी, पुनर्बिमा कम्पनी र बिमा समितिले थप के–कति दायित्व वहन गर्न सक्छन्, निर्क्योल गरेर भुक्तानी विकल्प पेस गर्न अर्थ मन्त्रालयले पत्र पठाएर समितिलाई निर्देशन दिएको हो ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाका क्षेत्रमा आफूलाई देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. […]
काठमाडौं । मेटलाइफ नेपालले उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको छ । मेटलाइफ नेपालमै ग्राहकहरूका लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बिमा कम्पनी हो ।
उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ । जसको प्रयोग गरी एजेन्ट तथा वित्तीय योजना सल्लाहकारहरूले जहाँपनि जुनसुकै ठाउँमा पनि ग्राहकहरूलाई एक...
विराटनगर । एक साताभित्र बिमा रकम भुक्तानी गराउन माग गर्दै मोरङका कोरोना पीडित पत्रकारले बिमा कम्पनी र प्रशासनको ध्यानाकर्षण गरेका छन् । भुक्तानी दाबी गरिएको लामो समयसम्म प्राप्त नभएपछि कोरोना पीडित पत्रकारहरूले शुक्रबार बिमा कम्पनी र जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापन पत्र बुझाएका छन् ।
विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर...
सरकारले अनिवार्य गरेको लघुबिमा योजना सञ्चालन गर्न जीवन बिमा कम्पनीहरू सक्रिय देखिएका छन् । बिमा समितिको तथ्यांकअनुसार हालसम्म १३ कम्पनीले (पुलबाहेक) १ लाख ३३ हजार ८ सय ८० लघुबिमा जारी गरेका छन् । ९ वटा जीवन बिमा कम्पनीमध्ये ७ कम्पनीले लघुबिमा जारी गरेका छन् भने १७ निर्जीवन कम्पनीमध्ये जम्मा ६ वटा कम्पनीले लघुबिमा जारी गरेका छन् ।
कम्पनीले ११ अर्ब ७ करोड बिमांक बराबरको लघुबिमा योजना जारी गरेका छन् । जसबापत कम्पनीहरूले १४ करोड ४८ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । उक्त अवधिमा कम्पनीहरूमा ५ सय ५१ वटा दाबी बराबर ४ करोड ९१ लाख रुपैयाँ कम्पनीहरूले भुक्तानी गरेका छन् ।
सामान्य अर्थमा कम्पनीको आर्थिक अवस्थाको वास्तविक जानकारी दिने प्रतिवेदनका रूपमा बिमांकीय मूल्यांकन प्रतिवेदनलाई बुझिन्छ । यो प्रतिवेदन बिमा कम्पनीका लागि अनिवार्य सर्तका रूपमा रहेको र अन्यको हकमा ऐच्छिक नै रहेको विभिन्न अन्तर्राष्ट्रिय तथ्यांकले देखाएका छन् । बिमा कम्पनी (बिमक) ले बिमित (बिमालेख खरिद गर्ने) सँग बिमालेखका सर्तहरूको पालनाबाट भविष्यमा उत्पन्न हुने वा हुन सक्ने आर्थिक जोखिमको भुक्तानी गर्न बिमकसँग वर्तमानमा पर्याप्त रूपमा सम्पत्ति रहे÷नरेहको जानकारी दिन सर्वप्रथम बिमांकीय मूल्यांकन प्रतिवेदनलाई प्रयोगमा ल्याएको पाइन्छ । बिमकको आर्थिक हैसियतको लेखाजोखा गर्न प्रचलनमा ल्याएको वित्तीय विवरण नै बिमांकीय मूल्यांकन प्रतिवेदन हो ।