बिमाको रकम भुक्तानी गर्न अब विभागमा श्रम स्वीकृति लिएको प्रमाणित गर्न नपर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानु पूर्व गरिएको बिमा बापत कानुन अनुसार पाइने रकम लिन अब श्रम स्वीकृति लिएको हो भनी विभागले प्रमाणित गर्नु पर्ने नियम हटेको छ । अनलाइन प्रणालीमा नै सबै विवरण उपलब्ध हुने भएकाले श्रमिक र बिमा कम्पनी दुवैले विभागसम्म धाउन नपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगारीमा जानु पूर्व श्रमिकले बिमा कम्पनीसँग गरेको बिमा बमोजिमको रकम भुक्तानीको लागि अबदेखि विभागमा गएर श्रम स्वीकृति लिएको हो भनी प्रमाणित गर्नु पर्ने प्रावधान हटेको र बिमा कम्पनीले पनि त्यसको र...