चुनाव हारेपछि झलनाथले भने- मतपत्र कसरी गायब भए ? कानुनी बाटोमा जान्छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन केही तत्वहरू सुरुदेखि नै लागेको आरोप लगाएका छन् । इलाम १ बाट पराजित भएपछि उनले आफूलाई धाँधली गराएर हराएको आरोप लगाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को […]

सम्बन्धित सामग्री

मलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता भयो : झलनाथ खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता भएको आरोप लगाएका छन् । उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटामा मत हाल्नु पर्ने मत अर्कै पेटिकामा हालिएको, मतपेटिकामा खसेको मत समेत गणना गर्दा नभेटिएको, मतपत्र नै गायब भएको, […]

राष्ट्रिय चाड चुनाव

यो देवभूमि नेपालमा चाडबाड र उत्सव नमनाएको त दिन नै हुँदैन । प्रत्येक वर्ष मनाइने हरेक क्षेत्र, हरेक जातिका चाडपर्व कम्ती रमाइला हुँदैनन् । देवका पनि देव महादेव भनेजस्तै चाडको पनि चाड यो महान् चाड भने पाँच–पाँच वर्षमा आउँछ । चुनाव पर्वको घोषणा निर्वाचन आयोगले गर्छ, तर यसमा रौनक थप्ने काम चाहिँ मिडियाले नै गर्छन् । तपाईं हाम्रो चाडको सम्बन्ध खोज्नुभयो भने कुनै पुराण वा धार्मिक कथासम्म पुग्नैपर्छ । तर पछि थपिएको यो नयाँ चाड चाहिँ पुराण होइन, राजनीतिसँग जोडिएको छ । अनि स्वर्गका देवतासँग होइन, धर्तीका देवतातुल्य नेतासँग सम्बन्ध राख्छ । यसको नाम हो– चुनावी पर्व । यो चाड पूरै देशैभरि मनाइन्छ । चुनावी पर्व ती सबै वर्गका मानिसले मनाउँछन्, जसको उमेर १८ वर्ष कटेको हुन्छ । चुनाव देउता यो पर्वको प्रमुख देउता मानिन्छन् । चुनाव देउता आफ्नो प्रचार प्रसार गर्न अरू सानातिना देउताहरूलाई आह्वान गर्छन् । यी प्रमुख चुनाव देउताले अह्राए अनुसार विभिन्न गतिविधिमार्फत जनताको मन लोभ्याउने काम गर्छन् । चुनाव देउता इन्द्रको सिंहासन प्राप्त गर्न साम, दाम, दण्ड, भेद सबै खाले नीतिको प्रयोग गर्न चुक्तैनन् । यो पर्व मनाउने खास ऋतु नै त तय छैन । चुनाव पर्वको समय घोषणा गर्ने अधिकार सरकारसँग छ । त्यही घोषणा अनुसार जुनसुकै ऋतुमा पनि यो चाड पर्न सक्छ । तर बर्खा र हिउँ पर्ने ऋतुमा चुनाव पर्व पारिने गरेको छैन । चुनाव पर्वको आगमनमा प्रत्येक व्यक्ति झुमेर गाउँछ । सडक, गल्ली, कुना कुनामा समेत लाउड–स्पीकर बज्न थाल्छन् । ठाउँ ठाउँमा चुनाव देउताहरूका पोस्टर टाँसिन्छन्, अनि कति कति केजीका माला लगाइदिने प्रतिस्पर्धा नै हुन्छ । जुलुसहरू निकालिन्छन् । शोभायात्रा, रोड–शो, आमसभा, कोणसभा, जुलुस, र्‍याली आदि नामका गाईजात्राहरू प्रदर्शन गरिन्छन् । मासु, भात, भोजन नैवेद्य पस्किइन्छन् । बियर, ह्विस्कीका बिर्को फुकालेर जल चढाइन्छ । यसबाट मदिरा कम्पनीका देउताहरू पनि खुबै प्रशन्न देखिन्छन् । शोभायात्राहरूमा प्रायः सबै जात, धर्म, वर्ग र दलका युवा खुबै उत्साहका साथ भाग लिन्छन् । सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छन् । देवताको पूजामा देउताको भक्ति गान हुन्छ  । चुनावी पर्वमा चुनावी देउताहरू केही दिन जनताको भजन गाउँछन्, अनि पाँच वर्षसम्म आफ्नो बारेमा भजन सुनेर आनन्द लिन्छन् । केही दिन आफ्नो न्वारनदेखिको बल लगाएर जनतालाई सपनामा भुलाउन सफलता प्राप्त गर्छन् । चुनाव देउता भोलाभाला जनतालाई आश्वासन नामक थुप्रै वरदान पनि दिन्छन् । यसरी देउताहरू आफूलाई दानवीर कर्णका अवतारका रूपमा प्रमाणित गर्ने प्रयास गर्छन् । तर यिनका वरदान कसै कसैलाई मात्र लाग्छ । प्रत्येक देवताको चिह्न अलग भएजस्तै यो चाडमा भाग लिनेहरूको पनि निश्चित अलग अलग चिह्न हुन्छ । निश्चित रङका कपडा हुन्छन् एवं निश्चित रङका ध्वजापताकाका साथ उनीहरू प्रत्येक गल्ली, चोकमा देखिन्छन् । यो चाडमा कतै गुण्डागर्दी त कतै कानून उल्लंघन नामक सडक नाटकहरू खुब देख्न–सुन्न पाइन्छन् । यो चाड कहिले सबै एकआपसमा मिलेर त कहिले एक–अर्काको टाउका फुटाएरै भए पनि मनाउँछन् । केही समययता चलचित्रतिर अभिनय गर्नेहरू पनि यो चाडमा विभिन्न भूमिकामा बढाबढमा भाग लिन थालेका छन् । कहिले कम्मर मर्काउने त कहिले कसैलाई थर्काउने वा जन देउताहरूलाई फकाउने भूमिकामा । चुनावका मुख्य देउताहरूका बुझाइमा यी हाउभाउवालाहरूका कारण आफ्नातिर भीड बन्छ र सभा सभ्य नभए पनि भव्य चैं पक्कै हुन्छ । एक किसिमले यिनको काम मदारीको जस्तै हुन्छ । अझ धन–बलका कारण चुनाव जयन्तीको खुशी डबल धमाका हुन पुग्छ । चुनावी पर्वको मुख्य आकर्षण नै पुरस्कारहरूको वितरण हुने गर्छ । यी पुरस्कार दिनको उज्यालोमा नभई रातिको अँधेरोमा लुकिछिपी दिइने गरिन्छ । पुरस्कार किन दिइन्छ, यो गोप्य नै रहन्छ । पुरस्कार वितरण गर्ने चुनाव देउतासँग मुद्रा द्रव्य कहाँबाट आउँछ र कसरी वितरण गरिन्छ भन्ने जस्ता कुराहरू यो चाडको झिलिमिलीमा त्यत्तिकै हराएर जान्छ । एकै रातमा मतपत्र सर्लक्कै उल्ट्याउन सक्ने खुबी यो पुरस्कारमा हुन्छ । चुनाव जयन्ती मनाउन कतिपय ठाउँहरूमा तोडफोड पनि गरिन्छ । हुलदंगा, अस्त्रशस्त्र, धक्कामुक्का आदि पनि चल्छन् नै । कहिलेकाहीँ त चुनावी देउताहरूका फोटो छापिएका पन्नाहरू राखिएका बाकस नै साटफेर वा गायब समेत पारिन्छ । अझ यो चाडमा रमाइलो त मिडियातिर देखिन्छ । प्रायः सबैखाले मिडियामा अरू सबै प्रकारका समाचारहरूलाई किनारा लगाएर, मानौं अरू कुनै विषय नै छैनन् भनेसरी केवल यै पर्वको विषयमा, यो शुरू हुनु धेरै पहिलेदेखि नै पल–पल खबरहरू प्रसार गरिरहन्छन् । चुनाव पर्वको घोषणा निर्वाचन आयोगले गर्छ, तर यसमा रौनक थप्ने काम चाहिँ मिडियाले नै गर्छन् । यसरी यो चाडमा चुनावी देउतालाई आह्वान गरिन्छ र वरदान मागिन्छ । चुनावी देउता पनि के कम ? मागहरू कहिले तत्कालै त कहिले आश्वासनका वरदान दिएर पूरा गरिदिन्छन् र त्यहाँबाट अन्तरध्यान भइहाल्छन् । पहिलाका देवताजस्तो वरदान मौखिक मात्रै हुँदैन । वरदानको  घोषणापत्र नै हुन्छ र यस्तो वरदान खासमा कसैले पाउँदैनन् । पाँच पाँच वर्षमा यसलाई दोहोर्‍याउने चैं गरिन्छ । ससाना केटाकेटीलाई चुनाव जयन्तीसँग कुनै लेनदेन हुँदैन । उनीहरूको जीवन यी चाड पर्वहरूबाट टाढा भए पनि यो चाड सकिएपछि देउताहरूका नाम किताबहरूमा पढ्नुपर्ने, नाम कण्ठ पार्नुपर्ने बाध्यता उनीहरूलाई आइलाग्छ । त्यस हिसाबले प्रत्येक व्यक्ति यो पर्वसँग जोडिएकै हुन्छ । यो मनाउन सबै जाति धर्मका मानिसहरू भेला हुन्छन् । सबै आआफ्ना काम–साम छाडेर एउटा नयाँ काममा जुट्छन् । सबै बेरोजगारहरू पनि आआफ्नो खोपीबाट निस्किएर सडकमा आएका भेटिन्छन् । उनीहरू सबै आफ्ना आफ्ना चुनावी देउताका लागि आशिर्वाद माग्न त्यहाँ आउँछन् । यस क्रममा चक्काजाम, पसलहरू बन्द हुने जस्ता कुराहरू त सामान्य नै भए । तर असामान्य चैं के छ भने यो चाड कहिले सबै एकआपसमा मिलेर त कहिले एक–अर्काको टाउका फुटाएरै भए पनि मनाउँछन् । यो चुनाव पर्व देशको विधि विधान अनुसार लोकतान्त्रिक हुनुको एउटा प्रतीक पनि हो क्यारे । तर यहाँको लोकतन्त्र अन्तको जस्तो होइन, यो लोकतन्त्रको नयाँ भेरिएशन ठोकतन्त्र चैं हो । तैपनि हामी सबै यो पर्वलाई सौहार्द र खुशीका साथ मनाउने कसम खाएर यसलाई सर्वजन हिताय सर्वजन सुखाय बनाउनै पर्छ । हरेक पाँच वर्षमा आउने यो पर्वले सबैको जीवनमा नयाँ स्फूर्ति ल्याओस् ! र, प्रत्येक चुनावी देउताले हामीलाई विगतमा झैं यसरी नै निरन्तर शुभ आशिर्वाद प्रदान गरिरहून् ! अनि यस्तो चुनावी देउतालाई हामीले पूजाभुजा दिने होइन, तिनबाट लिने वातावरण बनाउन पाइयोस् । चुनाव पर्वको सबैलाई शुभकामना !

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब

डोटी, १९ असार - दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ ।

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब

डोटी, १९ असार - दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ ।

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब – Nepal Japan

Nepal Japan is first online news portal of Nepal for Nepalese Community around the world. Nepal Japan is destination for latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.