भौगोलिक विकटताका बाबजुत पनि लमजुङको क्होलासोँथार गाउँपालिका–६, पसगाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन उत्साहजनक थियो । जिल्लाकै पश्चिम भेगमा पर्ने पसगाउँमा विगत दुई वर्षदेखि पर्यटन व्यवसाय सुस्त बनेको हो । गाउँमा पाहुना आउँदा पसगाउँको होमस्टेले पनि व्यवसायिकता पाएको थियो । होमस्टे सञ्चालकहरु दिनभर घरायसी काममा व्यस्त हुन्थे साँझ विहान पाहुनाको सत्कारबाट मनग्य आम्दानी गर्थे […]