निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकार निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन् ।उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उहाँले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए । गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो । अहिलेको सरक

सम्बन्धित सामग्री

रोल्पामा पनि गठबन्धन हुनु ठुलो कुरा हो : सिटौला

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आगामि दिनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताए । संघीयताको सहि ढंगले कार्यान्वयन गर्ने, जनताको आकांक्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन बनेको उनले बताए ।सिटौलाले गठबन्धनका नेताहरू भागबण्डा र सत्ताको लुछाचुँडीमा लाग्दैन भन्ने विश्वास रहेको बताए । विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पार्टी र गठबन्धनका नेताबीचको तिक्तता हटाएर जानु

सत्ता गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न : झलनाथ

५ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछिसम्म कायम रहनेमा शंका गरेका छन् । आइतबार विहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुरा गर्दै खनालले चुनावसम्म गठबन्धन कायम रहने तर त्यसपछि भन्न नसकिने बताए । ‘गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि […]

गठबन्धन कायम रहन्छ, तर कांग्रेसको चलाखी अब चल्दैन : नेता पुन

११ असार, सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको बताएका हुन् । ‘केपी ओली प्रवृत्तिको […]

तीनवटै तहको निर्वाचनमा गठबन्धन कायम राख्नुपर्छ : प्रकाशमान सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीनवटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका  छन् । संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढ्नुपर्ने काँग्रेस नेता सिंहको भनाई छ ।शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । निर्वाचनमा जाँदा कम्युनिष्टहरुले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग ग

जनताको सुझावको आधारमा गठबन्धनको भविष्य निर्धारण हुन्छ : नेता सिंह

काभ्रेको धुलिखेलमा पत्रकारसँग कुराकानीमा नेता सिंहले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने विषय वडातहसम्मको जनताको सुझावमा तय गरिने बताउनुभयो ।

एमसिसी असफल बनाए गठबन्धन  कायम रहँदैन : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायम नरहने बताएका छन् । बिहीबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । एमसिसी असफल बनाएर गठबन्धन कायम...

तीन तहको निर्वाचनसम्म गठबन्धन कायम रहने माधव नेपालको दाबी

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम राख्ने विषयमा प्रधानमन्त्री तथा काँग्रेस सभापतिसँग सकारात्मक छलफल भएको बताएका छन् । आइतबार विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीनै तहको निर्वाचनसम्म मिलेर जाने विषयमा आज मात्रै प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताएका हुन् । ‘पाँच दलीय गठबन्धन मिलेरै जाने आज पनि कुरा भएको छ । यो गठबन्धनलाई बलियो बनाउँदै तीनै तहको चुनावमा हामी ज

निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकार निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति...