लगानी बोर्ड नेपालको १२औं वार्षिकोत्सव सम्पन्न : ४२ आयोजनामा साढे १२ खर्ब लगानी स्वीकृत

काठमाडौं। लगानी बोर्ड नेपालको १२औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रवार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत उत्थानशील विकासको आधार सृजना गर्न विदेशी लगानी अपरिहार्य रहेको बताउनुभयो । लगानीको वातावरण सुधार गरी सरकारले लगानीकर्ताका हरेक चासो, सरोकार र समस्यालाई सम्बोधन गर्दै आएको प्रधानमन्त्री दाहालको भनाइ थियो । लगानी बोर्डमार्फत सार्वजनिक–निजी साझेदारी र निजी प्रत्यक्ष लगानीका परियोजना कार्यान्वयनले गति लिएको उहाँले उल्लेख गर्नुभयो । लगानी बोर्डका उपाध्यक्ष अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अपेक्षित आर्थिक विकासका लागि ठूलो निजी लगानी आकर्षित गर्नुपर्ने बताए । सार्वजनिक–निजी साझेदारी र प्रत्यक्ष निजी लगानीमा पूर्वाधार र उत्पादनमूलक परियोजना सञ्चालन गर्नुपर्ने उनले बताएका हुन् । लगानी बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ । त्यस्तै दैनिक ६ हजार र ३ हजार टन उत्पादन क्षमता रहेका क्रमश: होङ्सी शिवम् सिमेन्ट र ह्वासिन सिमेन्ट परियोजना व्यावसायिक रूपमा सञ्चालनमा आएका छन् । धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । ९०० मेगावाटको अरुण–३ जलविद्युत परियोजना र २१६ मेगावाटको माथिल्लो त्रिशूली लगायत परियोजना कार्यान्वयनको चरणमा छन् । यस्तै ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका छन् । ४५० मेगावाटको सेती नदी–६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदै छ । साथै ३२७ मेगावाटको अपर मस्र्याङ्दी–२ जलविद्युत् परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मूल्यांकन भइरहेको छ । परियोजना विकास सम्झौता (पीडीए)को तयारी समेत शुरू भएको बताइएको छ । बोर्डका अनुसार डाबर नेपालले उत्पादन वृद्धि र विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको पुनर्लगानी गर्ने भएको छ । यस्तै बोर्डको ५५औं बैठकबाट चीन नेपालमैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भई वार्ता समितिले कार्य थालनी गरिसकेको छ । स्थापनाको १२ वर्षमा लगानी बोर्डको कार्यालयलाई सार्वजनिक निजी साझेदारी (पीपीपी)को विशिष्टीकृत संस्थाको रूपमा विकास र संस्थागत सुदृढीकरणको पाटोमा महत्त्वपूर्ण काम भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । 

सम्बन्धित सामग्री

चारवटा जलविद्युत् परियोजना लगानी बोर्ड बैठकबाट स्वीकृत

काठमाडौं । लगानी बोर्ड बैठकले चारवटा जलविद्युत् परियोजनाहरू स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको ५५औं बैठकले चारवटा जलविद्युत् परियोजनाहरू रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।  बैठकले तमोर जलाशययुक्त […] The post चारवटा जलविद्युत् परियोजना लगानी बोर्ड बैठकबाट स्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सूर्यतारा सिमेन्ट उद्योगको लागि १४ अर्ब ३७ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत

काठमाण्डाै – लगानी बोर्ड नेपालले सूर्यतारा सिमेन्ट परियोजनाको लागि १४ अर्ब ३७ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राति बसेको ५० औँ बोर्ड बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनको लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको हो । यस्तै बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि जर्मनीको कम्पनीलाई अनुमति दिने पनि निर्णय गरेको छ । यस्तै, बैठकले  ६ सय ६९ मेगावाट क्ष...

एक दर्जन परियोजनामा अध्ययन थाल्दै लगानी बोर्ड

ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको बोर्डले लगानी विस्तार गर्न नयाँ परियोजनाको अध्ययन गर्न थालेको हो ।लगानी बोर्डका अनुसार सबै प्रदेशमा न्यायिक हिसाबले समान विकासका लागि सातै प्रदेशबाट परियोजना छनोट गरी अध्ययन गर्न थालिएको छ । अध्ययन थालिएका ७ प्रदेशका १० परियोजनामा प्रदेश १ मा पर्ने तलतलैया मल्टिप्रपोज प्रोजेक्ट हो भने प्रदेश २ को जानकी ह्यारिटेज होटेल एन

एक दर्जन परियोजनामा अध्ययन थाल्दै लगानी बोर्ड

काठमाडौं, कार्तिक १२ । ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको बोर्डले लगानी विस्तार गर्न नयाँ परियोजनाको अध्ययन गर्न थालेको हो । लगानी बोर्डका अनुसार सबै प्रदेशमा न्यायिक हिसाबले समान विकासका लागि सातै प्रदेशबाट परियोजना […]

लगानी बोर्ड बैठक : ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

लगानी बोर्डको ४८ औं बैठकले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा आज सम्पन्न भएको बोर्डको ४८ औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान गरेको हो ।लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुम खो

लगानी बोर्डको लक्ष्य : पाँच वर्षमा १२ खर्ब विदेशी लगानी

लगानी बोर्ड नेपालले आगामी पाँच वर्षभित्र १० अर्ब अमेरिकी डलर (करिब १२ खर्ब रुपैयाँ) विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य राखेको छ ।स्थापनाको दशौं वार्षिकोत्सव मनाएको बोर्डले आज ‍(बुधबार) यो लक्ष्य घोषणा गरेको हो । बोर्डले विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहित आफ्नो रणनीतिक योजना सार्वजनिक हो ।प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष शेरबहादुर देउवा बोर्डको पाँच वर्षे व्यावसायिक योजना (२०७८-८२) सहितको उक्त रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।बोर्डले रणनीतिक योजना अवधि अर्थात पाँच वर्षभित्र १० अर

लगानी बोर्डमार्फत १० वर्षमा आठ खर्ब ३३ अर्ब लगानी स्वीकृत

लगानी बोर्ड नेपालले एक दशक अवधिमा आठ खर्ब ३३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । ठूला परियोजनामा सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलबाट लगानी जुटाउन २०६८ सालमा बोर्ड स्थापना गरिएको थियो । दशक अवधिमा बोर्डले २७ वटा विभिन्न आयोजनाहरु स्वीकृत गरेको छ भने सातवटा ठूला आयोजना अघि बढाउन समझदारी सम्झौता (एमओयू) गरेको छ । यस्तै, दुईवटा परियोजना सम्झौता र दुई वटा लगानी सम्मेलन आयोजना गरेको छ ।ठूला आयोजनाअन्तर्गत यस अवधिमा लगानी बोर्डबाट सहजीकरण गरिएको ३६० मिलियन अमेरिकी डलर (४३ अ

लगानी बोर्डद्वारा दुई जलविद्युत परियोजनाको लागि ९७ अर्बभन्दा बढीको लगानी स्वीकृत

काठमाडौं। लगानी बोर्ड नेपालले दुई ठूला जलविद्युत आयोजनाको लागि ८२ करोड अमेरिकी डलर (९७ अर्ब १४ करोड ५८ लाख १० हजार रुपैयाँं) लगानी स्वीकृत गरेको छ। लगानी बोर्डको ४७औंै बोर्ड बैठकले उक्त लगानी स्वीकृत गरेको हो। बोर्डका अनुसार २८५ मेगावाट क्षमताको अप्पर तमोर(ताप्लेजुङ) र १३९.२ मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङ्दी (मनाङ) परियोजनाको लागि उक्त रकम स्वीकृति गरिएको हो।