गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन ?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिएकी थिइन् । उनको आम्दानी भनेकै सरकारले उपलब्ध गराउने गरेको वृद्ध भत्ता हो ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाको निर्माण कार्य अन्योलमा परेपछि हरिमायाले दुःख व्यक्त गरिन्, “औषधिको पैस