नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप

काठमाण्डाै – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रवार दोस्रो पटक बसेको बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले त्यही प्रस्ताव आफूले प्रतिनिधि सभा बैठकमा पेस गरेको बताउनुभयाे ।  गएकाे माघ १० गते २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्याैदा ...

सम्बन्धित सामग्री

नियमावलीको मस्यौदा प्रतिनिधि सभामा पेस

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामा पेस गरिएको छ । नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले बुधबार प्रतिनिधि सभामा पेस गर्नुभएको हो । नियमावली तर्जुमाका लागि माघ १० गते २१ सदस्यीय समिति गठन भएको थियो । १५ दिनको समय पाएको समितिको म्याद एक साता थप गरिएको थियो ।