नियमावलीको मस्यौदा प्रतिनिधि सभामा पेस

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामा पेस गरिएको छ । नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले बुधबार प्रतिनिधि सभामा पेस गर्नुभएको हो । नियमावली तर्जुमाका लागि माघ १० गते २१ सदस्यीय समिति गठन भएको थियो । १५ दिनको समय पाएको समितिको म्याद एक साता थप गरिएको थियो ।